हाम्रो बारेमा // About Us

परिचय // Introduction

सहकारी ऐन २०४८ बमोजिम सहकारी मूल्य र मान्यतालाई पूर्ण रुपले पालना गरि स्थापना भयको यस धनप्राप्ती बहुउद्देश्यीय सहकारी संस्था लि., नेपाल सरकार डिभिजन सहकारी कार्यालय काठमाडौँबाट वित्तीय कारोबार तथा बहुउद्देश्यीय कार्य गर्ने गरि स्वीकृति प्राप्त सहकारी संस्था हो | यस सस्थाको व्यवस्थापन तहमा बैंक, वित्तीय संस्था र ख्याती प्राप्त सहकारी संस्थाहरुमा लामो समयको कार्य आनुभव हासिल गरेका व्यक्तिहरु हुनुहुन्छ | संस्थाको प्रमुख उद्देश्य शेयर सदस्यहरुलाई विभिन्न आयमुलक र व्यवसयिक कार्य गर्न उचित ब्याजदर प्रदान गरि छिट्टो छरितो तरिकाले सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गरि सबल र आत्मनिर्भर बनाउने रहेको छ |

व्यवस्थापन समिति // Management Committee

यस संस्थाको सम्पूर्ण कार्य रेखदेख तथा दैनिक कार्य संचालन समितिको कार्यकारी पदाधिकारीबाट हुने व्यवस्था गरिएको छ। संस्थाको दैनिक कार्य सम्पन्न गर्नको लागि कुशल संचालक सदस्यहरु र अनुभवी कर्मचारीहरुको व्यवस्था गरि सदस्य महानुभावहरुलाई छिटो, छरितो, विश्वासिलो र गुणस्तरीय सेवा प्रदान गर्ने गरि आधुनिक बैंकिंग सफ्टवेयर प्रणाली जडान गरिएको छ।

सल्लहाकार समिति // Advisor Committee

यस संस्थालाई आवश्यक सर-सल्लाह, सुझाव दिई ठोस योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुको सम्मिलित सल्लाहकार समिति रहेको छ।